तेज विनायक माध्यमिक विद्यालय

” सत्यको खोजी गर्नु र नैतिक मूल्यहरुलाई व्यवहारिक बनाउनु शिक्षाको प्रमुख लक्ष्य हो । “

सिकाइको यात्रा, हामीसँग सुरु हुन्छ!

देश विकासको प्रमुख आधार शिक्षा हो । उचित र जीवनोपयोगी शिक्षाले मानव जीवन सफल बनाउँछ । मानव संसाधन विकासको प्रमुख साधन भनेकै शिक्षा हो । सभ्य र सुसंस्कृत समाज निर्माणका लागि तथा समग्र विश्व समुदायलाई अग्रगामी दिशातिर उन्मुख गर्न शिक्षाको अपरिहार्यतालाई वुझि शिक्षाको उज्यालो घामवाट कोही पनि वञ्चित हुन नपरोस् र स्थानीय क्षेत्रमा नै सवैले शिक्षा ग्रहण गर्न पाउन् भन्ने पवित्र उद्धेश्यका साथ काठमाडाँै जिल्लाको साविक गोठाटार गा.वि.स. वडा नं. ३ हाल कागेश्वरी मनोहरा न.पा. वडा नं. ८, सातपाटे चौरमा अवस्थित तेज विनायक माध्यमिक विद्यालयको स्थापना भएको हो ।

विद्यालयको शैक्षिक अवस्था

शैक्षिक वर्ष कुल विद्यार्थी संख्या
२०८०
८३९
२०८१
९६४
२०८२
९८६

विद्यालयको विशेषताहरू

गुणस्तरीय शिक्षा

अनुभवी शिक्षकहरू

डिजिटल कक्षा कोठा

अतिरिक्त क्रियाकलापहरू

प्राविधिक धार

हाम्रो विद्यालयमा वि. सं. २०८० सालदेखि कक्षा ९ देखि नै प्राविधिक धार अन्तर्गत कम्प्युटर इन्जिनियरिङ पढाई सुरू गरिएको छ। सूचना प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै, विद्यार्थीहरूलाई प्रारम्भिक चरणबाट नै व्यावसायिक र प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यले यस कार्यक्रमको थालनी गरिएको हो। यस धारमा अध्ययनरत विद्यार्थीहरूले कम्प्युटर हार्डवेयर, सफ्टवेयर, प्रोग्रामिङ, नेटवर्किङलगायतका विषयहरूमा व्यवहारिक तथा सैद्धान्तिक ज्ञान प्राप्त गर्छन्। भविष्यमा सूचना प्रविधि क्षेत्रमै अध्ययन र रोजगारीको अवसर खोज्न चाहने विद्यार्थीहरूका लागि यो धार अत्यन्त उपयोगी र सम्भावनायुक्त छ।

शिक्षक सन्देश

शैक्षिक पाठ्यक्रम

Early Childhood Development
( ECD)
प्राथमिक तहको शिक्षा
माध्यमिक तहको शिक्षा
प्राविधिक शिक्षा
(Computer Engineering)
माध्यमिक तहको शिक्षा
(११ र १२)

शैक्षिक तथा अतिरिक्त गतिविधिहरू