कागेश्वरी मनोहरा - ०८, गोठाटार, काठमाडौँ ९७६५९६२१५५
ज्ञानसँगै क्रियाकलापले व्यक्तित्व निखार्छ।
हाम्रो शैक्षिक संस्थाले विद्यार्थीहरूको समग्र विकासलाई प्राथमिकतामा राख्दछ। यसै उद्देश्यका साथ, शैक्षिक पाठ्यक्रमसँगै विभिन्न अतिरिक्त क्रियाकलापहरू (Extra-Curricular Activities) आयोजना गर्दै आएका छौं जसले विद्यार्थीहरूको शारीरिक, मानसिक, सामाजिक र सिर्जनात्मक पक्षको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ।
हामी विश्वास गर्छौं कि किताब र कक्षा कोठाभित्र सीमित ज्ञान मात्र पर्याप्त छैन। विद्यार्थीले जीवनका विविध पक्षहरू बुझ्न, आफ्नो क्षमता पहिचान गर्न र आत्मविश्वास विकास गर्न अतिरिक्त गतिविधिहरूमा सक्रिय सहभागिता आवश्यक हुन्छ।
प्रत्येक शैक्षिक वर्षमा हामीले विभिन्न सांस्कृतिक, खेलकुद, सिर्जनात्मक, प्राविधिक र सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू आयोजना गर्छौं। यसले विद्यार्थीहरूमा नेतृत्व क्षमता, टोलीमा काम गर्ने सीप, समय व्यवस्थापन, र सहकार्यको भावना विकास गर्न सहयोग पुर्याउँछ।
मुख्य उद्देश्यहरू:
विद्यार्थीको बहुपक्षीय विकास
सिर्जनात्मक सोच र प्रतिभाको उजागर
सामाजिक र नैतिक मूल्यहरूको प्रवर्द्धन
स्वास्थ्य र खेलकुदप्रतिको रुचिको विकास
नेतृत्व र आत्मविश्वास अभिवृद्धि
वि. सं. २०८२ सालको प्रमुख गतिविधिहरू
वैशाख
२६ गते
विद्यार्थी भर्ना दिवस
जेठ
१ गते
वादविवाद प्रतियोगिता (नेपाली)
२ गते
६७ औं वार्षिकोत्सव
८ गते
वादविवाद प्रतियोगिता (अंग्रेजी)
२२ गते
विद्यालय बगैंचा निर्माण / शिष्टाचार अभिमुखीकरण / वातावरण दिवस
असार
१२ गते
चित्रकला प्रतियोगिता (कक्षा १ देखि ५) / निबन्ध लेखन (६ देखि १२)
२१ गते
आन्तरिक मूल्याङ्कन परीक्षण
साउन
१५ गते
हाजिरी जवाफ प्रतियोगिता (विद्यालयस्तरीय)
२९ गते
संस्कृतिक भेषभूषा प्रदर्शनी
भदौ
५ गते
छन्दोबद्ध कविता प्रतियोगिता
११ गते
पिता सम्मान कार्यक्रम
२८ गते
तीज विशेष कार्यक्रम
मंसिर
४ गते
कागेश्वरी सिकाइ मेला
(विज्ञान, गणित, सामाजिक, काष्ठकला, चित्रकला, ओरिगामी इत्यादि)
२४ गते र २५ गते
अध्ययन अवलोकन भ्रमण
१८ गते
दोस्रो आन्तरिक मूल्याङ्कन परीक्षण
माघ
१५ गते
टेबलटेनिस प्रतियोगिता
२२ गते
खेलकुद प्रतियोगिता (भलिबल, बास्केटबल, फुटबल)
फाल्गुन
१४ गते
कथावाचन / चलचित्र समीक्षा / पुस्तक समीक्षा प्रतियोगिता