शिक्षानै उज्यालो भविष्यको आधार हो।

Early Childhood Development ( ECD)

Early Childhood Development (ECD) देखि कक्षा ३ सम्मका विद्यार्थीहरूलाई गुणस्तरीय आधारभूत शिक्षा प्रदान गर्दै आएको छ। यस तहमा बालबालिकाको मानसिक, सामाजिक र बौद्धिक विकासलाई विशेष प्राथमिकता दिइन्छ। रमाइलो सिकाइ, क्रियाशील गतिविधिहरू र बालमैत्री वातावरणमार्फत विद्यार्थीहरूको समग्र विकासमा ध्यान दिइन्छ।

प्राथमिक तह (Primary)

प्राथमिक तहमा कक्षा ४ देखि ५ सम्मका विद्यार्थीहरूलाई राष्ट्रिय पाठ्यक्रमअनुसार शिक्षा प्रदान गरिन्छ। शिक्षकहरू अनुभवी र प्रशिक्षणप्राप्त छन् जसले विद्यार्थीसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्दै सिकाइलाई सजिलो र प्रभावकारी बनाउँछन्। यस स्तरमा भाषा, गणित, विज्ञान, सामाजिक अध्ययन जस्ता विषयहरूमा विशेष ध्यान दिइन्छ।

माध्यमिक तह (Secondary)

माध्यमिक तहमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूलाई व्यवस्थित ढंगले शिक्षा दिइन्छ। विद्यार्थीहरूलाई परीक्षामुखी मात्र नभई जीवनोपयोगी सीपहरूमा समेत दक्ष बनाउने प्रयास गरिन्छ। परियोजना कार्य, समूहगत अध्ययन, र सिर्जनात्मक गतिविधिहरू समावेश गरी विद्यार्थीको बहुपक्षीय विकासमा जोड दिइन्छ।

माध्यमिक साधारण (नेपाली माध्यम)/ प्राविधिक (कक्षा ९-१२, Computer Engineering, English Medium)

यस तहमा नेपाली माध्यमबाट साधारण माध्यमिक शिक्षा तथा अङ्ग्रेजी माध्यमबाट प्राविधिक शिक्षा (Computer Engineering) प्रदान गरिन्छ। प्राविधिक शिक्षामा विद्यार्थीहरूलाई कम्प्युटर सम्बन्धी प्राविधिक ज्ञान, प्रयोगात्मक अभ्यास, र परियोजना कार्यमा दक्ष बनाइन्छ। साधारण माध्यमिकतर्फ सामान्य विज्ञान, गणित, भाषा र सामाजिक विषयहरूमा गहिरो अध्ययन गराइन्छ।

११-१२ (Education,Management, Arts, Hotel Management, Computer Science)

११ – १२ मा विद्यार्थीहरूले आफ्नो रुचिअनुसार Education, Management, Arts, Hotel Management, Computer Science जस्ता विषयहरू छनोट गर्न सक्छन्। प्रत्येक संकायमा विद्यार्थीको शैक्षिक तथा व्यावसायिक भविष्यलाई लक्ष्य गरेर पाठ्यक्रम, प्रयोगशाला कार्य, कार्यशाला, भ्रमण र अन्य प्रयोगात्मक क्रियाकलापहरू समावेश गरिएको छ।

विद्यालयको शैक्षिक अवस्था

तेज विनायक माध्यमिक विद्याललकोे कक्षागत विद्यार्थी विवरण

क्र.सं. कक्षा २०८० सालको विद्यार्थी संख्या २०८१ सालको विद्यार्थी संख्या २०८२ सालको विद्यार्थी संख्या
१
ECD
५४
६२
६३
२
१
३८
५७
७७
३
२
४५
५३
६८
४
३
४६
५७
६२
५
४
५२
६६
५८
६
५
६४
६७
७४
७
६
८१
८३
७४
८
७
६४
९७
९६
९
८
६८
७०
९४
१०
९
८५
१००
९१(२१)
११
१०
५८
६५
७८(१८)
१२
११
९२
९५
७३
१३
१२
९२
९२
८४
कुल
८३९
९६४
९८६