कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं. ७ का वडा अध्यक्ष श्री भिमसेन थापाको मिति २०८२।०५।१६ गते बिहीबारका दिन असामयिक निधन भएकोले नगरपालिकाको परिवार मृत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।
यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय, अन्तर्गत वडा कार्यालय, अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयहरूमा मिति २०८२।०५।१९ गते शुक्रवारका दिन शोक विदा दिने निर्णय भएको व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ।
