शिक्षानै उज्यालो भविष्यको आधार हो।

Early Childhood Development ( ECD)

Early Childhood Development (ECD) देखि कक्षा ३ सम्मका विद्यार्थीहरूलाई गुणस्तरीय आधारभूत शिक्षा प्रदान गर्दै आएको छ। यस तहमा बालबालिकाको मानसिक, सामाजिक र बौद्धिक विकासलाई विशेष प्राथमिकता दिइन्छ। रमाइलो सिकाइ, क्रियाशील गतिविधिहरू र बालमैत्री वातावरणमार्फत विद्यार्थीहरूको समग्र विकासमा ध्यान दिइन्छ।

प्राथमिक तह (Primary)

प्राथमिक तहमा कक्षा ४ देखि ५ सम्मका विद्यार्थीहरूलाई राष्ट्रिय पाठ्यक्रमअनुसार शिक्षा प्रदान गरिन्छ। शिक्षकहरू अनुभवी र प्रशिक्षणप्राप्त छन् जसले विद्यार्थीसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्दै सिकाइलाई सजिलो र प्रभावकारी बनाउँछन्। यस स्तरमा भाषा, गणित, विज्ञान, सामाजिक अध्ययन जस्ता विषयहरूमा विशेष ध्यान दिइन्छ।

माध्यमिक तह (Secondary)

माध्यमिक तहमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूलाई व्यवस्थित ढंगले शिक्षा दिइन्छ। विद्यार्थीहरूलाई परीक्षामुखी मात्र नभई जीवनोपयोगी सीपहरूमा समेत दक्ष बनाउने प्रयास गरिन्छ। परियोजना कार्य, समूहगत अध्ययन, र सिर्जनात्मक गतिविधिहरू समावेश गरी विद्यार्थीको बहुपक्षीय विकासमा जोड दिइन्छ।

माध्यमिक साधारण (नेपाली माध्यम)/ प्राविधिक (कक्षा ९-१२, Computer Engineering, English Medium)

यस तहमा नेपाली माध्यमबाट साधारण माध्यमिक शिक्षा तथा अङ्ग्रेजी माध्यमबाट प्राविधिक शिक्षा (Computer Engineering) प्रदान गरिन्छ। प्राविधिक शिक्षामा विद्यार्थीहरूलाई कम्प्युटर सम्बन्धी प्राविधिक ज्ञान, प्रयोगात्मक अभ्यास, र परियोजना कार्यमा दक्ष बनाइन्छ। साधारण माध्यमिकतर्फ सामान्य विज्ञान, गणित, भाषा र सामाजिक विषयहरूमा गहिरो अध्ययन गराइन्छ।

११-१२ (Education,Management, Arts, Hotel Management, Computer Science)

११ – १२ मा विद्यार्थीहरूले आफ्नो रुचिअनुसार Education, Management, Arts, Hotel Management, Computer Science जस्ता विषयहरू छनोट गर्न सक्छन्। प्रत्येक संकायमा विद्यार्थीको शैक्षिक तथा व्यावसायिक भविष्यलाई लक्ष्य गरेर पाठ्यक्रम, प्रयोगशाला कार्य, कार्यशाला, भ्रमण र अन्य प्रयोगात्मक क्रियाकलापहरू समावेश गरिएको छ।

विद्यालयको शैक्षिक अवस्था

तेज विनायक माध्यमिक विद्याललकोे कक्षागत विद्यार्थी विवरण

क्र.सं. कक्षा २०८० सालको विद्यार्थी संख्या २०८१ सालको विद्यार्थी संख्या २०८२ सालको विद्यार्थी संख्या
ECD
५४
६२
६३
३८
५७
७७
४५
५३
६८
४६
५७
६२
५२
६६
५८
६४
६७
७४
८१
८३
७४
६४
९७
९६
६८
७०
९४
१०
८५
१००
९१(२१)
११
१०
५८
६५
७८(१८)
१२
११
९२
९५
७३
१३
१२
९२
९२
८४
कुल
८३९
९६४
९८६