ज्ञानसँगै क्रियाकलापले व्यक्तित्व निखार्छ।

हाम्रो शैक्षिक संस्थाले विद्यार्थीहरूको समग्र विकासलाई प्राथमिकतामा राख्दछ। यसै उद्देश्यका साथ, शैक्षिक पाठ्यक्रमसँगै विभिन्न अतिरिक्त क्रियाकलापहरू (Extra-Curricular Activities) आयोजना गर्दै आएका छौं जसले विद्यार्थीहरूको शारीरिक, मानसिक, सामाजिक र सिर्जनात्मक पक्षको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ।

हामी विश्वास गर्छौं कि किताब र कक्षा कोठाभित्र सीमित ज्ञान मात्र पर्याप्त छैन। विद्यार्थीले जीवनका विविध पक्षहरू बुझ्न, आफ्नो क्षमता पहिचान गर्न र आत्मविश्वास विकास गर्न अतिरिक्त गतिविधिहरूमा सक्रिय सहभागिता आवश्यक हुन्छ।

प्रत्येक शैक्षिक वर्षमा हामीले विभिन्न सांस्कृतिक, खेलकुद, सिर्जनात्मक, प्राविधिक र सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू आयोजना गर्छौं। यसले विद्यार्थीहरूमा नेतृत्व क्षमता, टोलीमा काम गर्ने सीप, समय व्यवस्थापन, र सहकार्यको भावना विकास गर्न सहयोग पुर्‍याउँछ।

मुख्य उद्देश्यहरू:

  • विद्यार्थीको बहुपक्षीय विकास

  • सिर्जनात्मक सोच र प्रतिभाको उजागर

  • सामाजिक र नैतिक मूल्यहरूको प्रवर्द्धन

  • स्वास्थ्य र खेलकुदप्रतिको रुचिको विकास

  • नेतृत्व र आत्मविश्वास अभिवृद्धि

वि. सं. २०८२ सालको प्रमुख गतिविधिहरू

वैशाख

२६ गतेविद्यार्थी भर्ना दिवस

जेठ

१ गतेवादविवाद प्रतियोगिता (नेपाली)
२ गते६७ औं वार्षिकोत्सव
८ गतेवादविवाद प्रतियोगिता (अंग्रेजी)
२२ गतेविद्यालय बगैंचा निर्माण / शिष्टाचार अभिमुखीकरण / वातावरण दिवस

असार

१२ गतेचित्रकला प्रतियोगिता (कक्षा १ देखि ५) / निबन्ध लेखन (६ देखि १२)
२१ गतेआन्तरिक मूल्याङ्कन परीक्षण

 

साउन

१५ गतेहाजिरी जवाफ प्रतियोगिता (विद्यालयस्तरीय)
२९ गतेसंस्कृतिक भेषभूषा प्रदर्शनी

भदौ

 

५ गतेछन्दोबद्ध कविता प्रतियोगिता
११ गतेपिता सम्मान कार्यक्रम
२८ गतेतीज विशेष कार्यक्रम

मंसिर

४ गते कागेश्‍वरी सिकाइ मेला (विज्ञान, गणित, सामाजिक, काष्ठकला, चित्रकला, ओरिगामी इत्यादि)
२४ गते र २५ गते अध्ययन अवलोकन भ्रमण
१८ गते दोस्रो आन्तरिक मूल्याङ्कन परीक्षण

माघ

१५ गते टेबलटेनिस प्रतियोगिता
२२ गते खेलकुद प्रतियोगिता (भलिबल, बास्केटबल, फुटबल)

फाल्गुन

 

१४ गतेकथावाचन / चलचित्र समीक्षा / पुस्तक समीक्षा प्रतियोगिता
१९ गतेदेखि २१ गतेसम्मअन्तिम आन्तरिक मूल्याङ्कन