ज्ञान, सीप र चरित्र – हाम्रो प्रतिबद्धता।

परिचय

देश विकासको प्रमुख आधार शिक्षा हो । उचित र जीवनोपयोगी शिक्षाले मानव जीवन सफल बनाउँछ । मानव संसाधन विकासको प्रमुख साधन भनेकै शिक्षा हो । सभ्य र सुसंस्कृत समाज निर्माणका लागि तथा समग्र विश्व समुदायलाई अग्रगामी दिशातिर उन्मुख गर्न शिक्षाको अपरिहार्यतालाई वुझि शिक्षाको उज्यालो घामवाट कोही पनि वञ्चित हुन नपरोस् र स्थानीय क्षेत्रमा नै सवैले शिक्षा ग्रहण गर्न पाउन् भन्ने पवित्र उद्धेश्यका साथ काठमाडाैँ जिल्लाको साविक गोठाटार गा.वि.स. वडा नं. ३ हाल कागेश्वरी मनोहरा न.पा. वडा नं. ८, सातपाटे चौरमा अवस्थित तेज विनायक माध्यमिक विद्यालयको स्थापना भएको हो ।

ऐतिहासिक पृष्ठभूमि

मुलपानी तथा गोठाटारका शिक्षापे्रमी, समाजसेवी तथा स्थानीय वासिन्दाहरूको सहयोग र साथ लिएर मूलपानी गा.वि.स. बस्ने श्री गोविन्द गजुरेलले आफ्नो पहल कदमीमा स्थानीय बालबालिकाहरूलाई औपचारिक शिक्षा दिन साविकको मूलपानी गा.वि.स. वडा नं. – ४, चखण्डोलको एउटा सानो घरमा २०१४ सालमा श्रीे तेज विनायक विद्यालयको स्थापना गर्नु भएको थियो । प्रारम्भमा मूलपानी र गोठाटारका गरी जम्मा २५ जना विद्यार्थीहरुबाट शुरु गरी १२५ जनाबाट विहानी समयमा कक्षा १ देखि कक्षा ३ सम्म अध्यापन गराइन्थ्यो । तत्कालीन श्री ५ को सरकारको प्रौढ शिक्षाको अवधारणा नहुँदानहँुदै पनि २०१५ सालदेखि साँझको समयमा ७ बजे देखि ९ बजेसम्म प्रौढ कक्षा समेत पठनपाठन गराईएको देखिन्छ । त्यतिवेला नजिकको विद्यालय भनेको ४/५ माईल टाढा रहेको हालको पशुपति मा.वि.(पशुपति आधार हाईस्कुल) मात्र थियो ।

२०१६ सालमा गोविन्द गजुरेलको प्रयासमा साविकको गोठाटार गा.वि.स., खोर्सानीबारी गाउँसुधार सङ्घका सभापति स्वर्गाीय श्री बद्री प्रसाद चापागाँईसँग सिफारिस लिई तत्कालीन काठमाडाैँ जिल्लाको निमित्त कार्यालय गोकर्णेश्वर महादेवस्थान गोकर्ण जगडोलका हाकिम राणा शासनका जर्नेल चन्द्र बहादुर थापाका छोरा स्व. रोहित कुमार थापाको सहयोगमा तत्कालिन जिल्ला इन्सपेक्टर कार्यालयवाट स्कुलको स्वीकृती पत्र र दरबन्दीसहित आफ्नो नियुक्ति र द्ययिअप नचबलत प्राप्त भएपछि विद्यालयले औपचारिक मान्यता प्राप्त गरेको पाइन्छ र वि.सं. २०१७ साल जेठ २ गतेदेखि विधिवतरुपमा सरकारी स्वीकृति प्राप्त गरी प्राथमिक तह सञ्चालन हुनपुग्योे । यस विद्यालयको स्थापनामा योगदान गर्नुहुनेमा मुलपानीका गोविन्द गजुरेलका अतिरिक्त गोविन्द प्रसाद दवाडी, पं. सीताराम अधिकारी, कुल प्रसाद कुईकेल, हरि प्रसाद लामिछाने र गोठाटारका खडानन्द चापागाइँ, बुद्धिराम दाहाल, बद्री प्रसाद चापागाइँहरुको महत्वपूर्ण भूमिका रहेको पाईन्छ ।

वि.सं. २०१९ सालमा गोविन्द गजुरेलको राजिनामा पश्चात् मूलपानी ४ का गोविन्द प्रसाद दवाडी प्र.अं हुनुभएको र २०१९ सालमै कृष्णभक्त श्रेष्ठको शिक्षकमा नियुक्ति भएको पाइन्छ । यसै समयमा कृष्ण बहादुर नापित, मोहन बहादुर के.सी. र गोपी चापागाइँले यस विद्यालयमा सेवा गरेको देखिन्छ । विद्यार्थी सङ्ख्या बढ्दै गएको र ठाउँ साघुरो भएकोले स्वर्गीय बद्रि प्रसाद चापागाईँको प्रस्तावमा बद्रि प्रसाद चापागाइँ, गोविन्द दवाडी, कृष्णभक्त श्रेष्ठ र गोविन्द गजुरेलको संयुक्त छलफल र सरसल्लाहबाट विद्यालय सार्ने निष्कर्ष निकाली बद्रि प्रसाद चापागाईँ अध्यक्ष रहनुभएको (२०१७—२०२५) अवधिमा गोठाटार ४ को खोर्सानीबारी साविकको गोठाटार ४ स्थित तेज विनायक मन्दिरको पाटी र धन बहादुर श्रेष्ठको घरहुँदै २०२५ सालतिर गोठाटार ३ स्थित भैया गजुरेलको राईस मिलमा यो विद्यालय सारिएको देखिन्छ र मुक्तिनाथ चापागाईँ अध्यक्ष रहनु भएको (२०२५—२०३०) समयमा यो विद्यालय गोठाटार ३ मा स्थानन्तरण भएको देखिन्छ । २०२७ साल तिर इचोट चोकमा पराल र बाँसको छाप्रो बनाई सुरुवात गरिएको यस विद्यालयलाई २०३० साल माघ ११ गते सरकारबाट कक्षा १ देखि कक्षा ३ सम्म सञ्चालन गर्ने अनुमति प्राप्त भएको विद्यालयको अभिलेखमा पाइन्छ ।

२०३० सालमा बद्रि प्रसाद तिमिल्सिना अध्यक्ष हुनुभएको (२०३०–२०३३) बेलामा स्थानीय राम प्रसाद चापागाईँ, बद्रि प्रसाद चापागाईँ, शिव बहादुर दाहाल, बुद्धिराम दाहाल, शिव प्रसाद दाहाल, कृष्णभक्त श्रेष्ठ र गोविन्द प्रसाद दवाडीको सयुक्त प्रयासबाट इँटा पोलेर स्थानीय समुदायकै पहलमा बाहिर पाकेको इँटा र भित्र काँचो इँटाको ७ कोठे भवनको निर्माण भएको देखिन्छ । २०३४ सालमा राम प्रसाद चापागाईँ अध्यक्ष (२०३४—२०३८) र कृष्णभक्त श्रेष्ठ प्र.अ. भएपछि सञ्चालक समितिको सक्रिय पहलकदमीमा स्थानीय ब्यक्तिहरुको सक्रियतामा विद्यालयले नि.मा.वि.तहको अनुमति प्राप्त गर्ने प्रयास गरेको, विद्यालय विकासका लागि अनेकौ प्रयत्नहरु भएका, स्थानीयहरुका खेतका खलाहरुमा धान उठाई विद्यालय भवन बनाउने कार्यमा व्यवस्थापन र स्थानीय व्यक्तिहरु सक्रिय भएको देखिन्छ । वि.स.२०३६ साल माघ १६ मा कक्षा ४ सञ्चालनको अनुमति पाएको देखिन्छ ।

२०३९ सालमा जनक प्रसाद चापागाईँ अध्यक्ष (२०३९—२०४४, २०५०—२०५३ र २०५५—२०६०) हुनुभएपछि विद्यालय विकासमा तिव्रता आई २०४१ सालमा आएर जस्ताको छाना भएको थप ६ कोठाको पक्कि भवन तयार भएको र हालको पक्की ६ कोठे भवन उहाँकै सक्रियता र पहलकदमीमा स्थानीय युवाहरुको सहभागितामा उपत्यका स्तरीय विशेष कार्यक्रमबाट हुन गएको पाइन्छ । उहाँकै कार्यकालको अन्ततिर २०४५ भाद्र १ गते शैक्षिक सत्र २०४४/४५ देखि लागु हुने गरी निजि स्रोतमा मा.वि.स्तरको कक्षा ८ सञ्चालन गर्न पाउने अनुमति प्राप्त भएको देखिन्छ । २०४५ साल माघ २३ गतेको निर्णय अनुसार शैक्षिक सत्र २०४५/४६ देखि लागु हुने गरी निजि स्रोतमा मा.वि.स्तरको कक्षा ९ खोली सञ्चालन गर्ने अनुमति प्राप्त ग–यो । यसपछि सुरेश कुमार पुडासैनि अध्यक्ष (२०४५—२०४७) हुनुभयो । यस समयमा विद्यालयमा भौतिक भन्दा पनि आन्तरिक र कार्यालयीय सुधार, लेखापद्धतिको सुरुवात गर्न महत्वपूर्ण भूमिका निभाउनु भयो ।

२०४६ सालको जनआन्दोलनपछि मुलुकमा बहुदलीय व्यबस्था प्रारम्भ भएपछि दुर्गा प्रसाद चापागाईँ अध्यक्ष (२०४७—२०५०) र कृष्णभक्त श्रेष्ठ प्र.अ. भएको अवधिमा केही आन्तरिक, कार्यालयीय, पत्राचार व्यवस्था, विदा रेकर्ड राख्ने र नियुक्ति पत्र दिने जस्ता कार्यक्रमहरु सुरु भएको देखिन्छ । लेखा प्रणालीलाई अझै व्यवस्थित गर्न अडिट गराउने कार्यको थालनी भएको पाईयो । २०५० सालमा पुनः जनक प्रसाद चापागाईँ अध्यक्ष हुनुभएपछि उहाँकै पालामा १ दरबन्दीसहित रविलोचन लामिछाने यस विद्यालयमा सरुवा भै आउनु भइ प्र.अ. र कृष्णभक्त श्रेष्ठ स.प्र.अ. बन्नु भएको देखिन्छ । यस अवधिमा भौतिक निर्माणतर्फ खासै केहि परिवर्तन नभएता पनि आर्थिक व्यवस्थापनमा भने अझै सुधार आएको देखिन्छ । पहिलो पटक २०५० सालमा कक्षा ९ सञ्चालन भयो र २०५१ सालबाट यस विद्यालय सर्वप्रथम एस्.एल्.सी. परीक्षामा सामेल भएको पाइयो । क्रमिक रुपमा दरबन्दीहरु थप हुदै गएको र विद्यालयले बिस्तारै कोल्टे फेरेको देखिन्छ ।

२०५३ सालमा जगन्नाथ तिमिल्सिना वि.व्य.स.को अध्यक्षमा (२०५३—२०५५) नियुक्ति भएपछि मधु प्रसाद तिमिल्सिना सहायक प्र.अ.मा नियुक्ति पाई दरबन्दी थप्ने कार्यगरी दरबन्दी सङ्ख्या ११ पुगेको देखिन्छ । त्यस पश्चात वि.स. २०६० सालमा श्री सरोज दाहाल अध्यक्ष (२०६०—२०६९) र श्री मधु प्रसाद तिमिल्सिना प्र.अ. भएपछि विद्यालय विकासमा रफ्तार आएको, विद्यालय रहेको जग्गादर्ता गर्ने अभियान पुनः प्रारम्भ गरिएको देखिन्छ । यसै अवधिमा भौतिक रुपमा पुराना भवनको छाना फेर्ने, भुँई बनाउने देखि लिएर ३ वटा थप नयाँ ट्रस बनाउने जस्ता कार्य गरी यसलाई पुर्नजीवन दिने कार्य गरेको पाईयो । जसमा ४ वटा कक्षा कोठा र १ वटा सभाहल निर्माण रहेको पाईयो । यसै अवधिमा करिब २५० जोर डेस्क बेञ्च निर्माण, २०० वटा प्लाष्टिकका कुर्चि खरिद, सभाहललाई साउण्डसिस्टम लगायत पुस्तकालय निर्माण र सञ्चालन, कम्प्यूटर ल्यावको निर्माण सञ्चालन भएको देखिन्छ । यस अवधिमा डा. श्री ध्रुब आचार्यको पहलमा रोटरी क्लवद्धारा पानी शुद्ध गर्ने फिल्टर प्लाण्ट जडान गरी व्यवस्थित र शुद्ध पानीको प्रबन्ध तथा विज्ञान प्रयोशालाको निर्माण र सञ्चालन गर्ने कार्य भएको देखिन्छ । तत्कालिन अध्यक्ष सरोज दाहालकै कार्यकालमा विद्यार्थीहरुलाई सर्वसुलभ रुपमा उच्च शिक्षा प्रदान गर्न विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन तथा शिक्षाप्रेमी जनसमुदायहरुको चाहनालाई कदर गर्दै विद्यालयलले उच्च माध्यमिक शिक्षा परिषद्बाट दशजोड दुई (१०+२) कक्षा सञ्चालन गर्न सम्बन्धन प्राप्त गरी शैक्षिक सत्र २०६८ देखि व्यवस्थापन, मानविकी र शिक्षा गरी तिनै वटा सङ्काय सञ्चालन गर्न सफल भएको छ ।

मिति २०७० सालदेखि अध्यक्ष श्री नरेश ताम्राकार रहनुभएको (२०७०—२०७३) र सो अवधीमा विद्यालयको विज्ञान प्रयोगशालामा थप सामग्रीहरु जोडिएको पाइन्छ । मिति २०७३ सालदेखि अध्यक्षमा सुदर्शन चापागाईँ हुनुभएको (२०७३—२०७८) र यस समयमा विद्यालयले भौतिक संरचनामा ठूलो फड्को मारेको पाइन्छ । विशेष गरी २०७२ सालको भूकम्प पछि DLPIU को सहयोगमा भौतिक संरचना निर्माण भएको पाइन्छ । यस कार्यमा अध्यक्ष सुदर्शन चापागाई र प्र.अ. मधुप्रसाद तिमिल्सिनाको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । यसै समयमा विद्यालयको घेराबार, विद्यालय हाताभित्र धुलोरहित र हरियाली निर्माण गर्ने कार्य अघि बढेको पाइन्छ ।

त्यस पश्चात मिति २०७८ मा अध्यक्षमा श्री विदुरप्रसाद ढुङ्गाना आउनु भएको (२०७८—२०७९) पाइन्छ । उहाँको कार्यकालमा खुला सभाहलको ट्रस आफ्नै निजी खर्चमा निर्माण कार्य सम्पन्न भएको तथा उहाँकै कार्यकालमा उहाँको नेतृत्वमा निःशुल्क विद्यालय हाउस ड्रेस वितरण गर्ने कार्य गरिएको पाइन्छ । त्यसपछि मिति २०७९ मा अध्यक्षमा श्री हरिभक्त पुडासैनी आउनु भएको (२०७९।०४।३१ देखि २०७९।१०।०७) पाइन्छ । र त्यसपछि मिति २०७९।१०।०८ देखि वर्तमान अध्यक्ष श्री राजन दाहाल वि.व्य.स. अध्यक्षको रुपमा आउनु भएको छ । वर्तमान वि.व्य.स. अध्यक्ष श्री राजन दाहाल र प्र.अ. श्री ओम कुमार श्रेष्ठ तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर श्री उपेन्द्र कार्कीज्यूको कार्यकालको प्रथम वर्षमै २०८० देखि यस विद्यालयले प्राविधिक धारतर्फ कक्षा ९–१२ मा कम्प्युटर इन्जिनियरिङ विषयको अध्ययन अध्यापन सुरु भएको छ । शैक्षिक वर्ष २०८१ मा प्राविधिक धार तर्पm कक्षा १० र शैक्षिक वर्ष २०८२ कक्षा ११ मा आरम्भ हुनेछ ।

विद्यालयको शैक्षिक अवस्था

तेज विनायक माध्यमिक विद्याललकोे कक्षागत विद्यार्थी विवरण

क्र.सं. कक्षा २०८० सालको विद्यार्थी संख्या २०८१ सालको विद्यार्थी संख्या २०८२ सालको विद्यार्थी संख्या
ECD
५४
६२
६३
३८
५७
७७
४५
५३
६८
४६
५७
६२
५२
६६
५८
६४
६७
७४
८१
८३
७४
६४
९७
९६
६८
७०
९४
१०
८५
१००
९१(२१)
११
१०
५८
६५
७८(१८)
१२
११
९२
९५
७३
१३
१२
९२
९२
८४
कुल
८३९
९६४
९८६

भौतिक अवस्था

विद्यालयको नाममा दर्ता रहेको जग्गा : १७ ̵ ७ ̵ १ ̵ १
विद्यालय हाताभित्र रहेको जग्गा : १४ ̵ ५ ̵ १ ̵ १

८ कोठे भवन ३ वटा२४ कोठा
६ कोठे भवन २ वटा१२ कोठा
४ कोठे भवन १ वटा४ कोठा
कुल४० कोठा

उपर्युक्त कोठाहरुको उपयोग निम्नानुसार गरिएको छ

खेलकुद१ कोठा
स्वास्थ्यको लागि२ कोठा
अफिस५ कोठा
आवास१ कोठा
ल्याब३ कोठा
लेखा/लाइब्रेरी१ कोठा
कक्षाकोठा२६ कोठा
कुल४० कोठा

निर्माण सम्पन्न भएको आधारमा

ब्लककक्षाकोठा
A 
B
C
D
E
F
कुल२६

ट्रसः २ वटा

क्यान्टिन१ 
ग्यारेज

शौचालय

स्टाफ२ 
विद्यार्थीछात्रः ३  र युरिनरी छुट्टै
छात्राः ३  र युरिनरी छुट्टै
अपाङ्गतामैत्री शौचालय: ३ 

खेलकूद

बास्केटबल कोर्ट१ 
भलिबल कोर्ट१ 
ब्याडमिन्टन कोर्टः१ 
टिटी बोर्ड२  (पोर्टेबल)
चिप्लेटी१  (आधारभूत तह)
पिङ२  (आधारभूत तह)
डेस्क बेन्च: ३५०, कुर्सी: १३३, दराज/सोकेस : १५, टेबल : १७, कम्प्युटर: ४३, ल्यापटप: ४, डिपबोरिङ: १, प्रिन्टर/फोटोकपी: ४, इन्टिग्रेटेड सि पि यु: ३, स्मार्ट बोर्ड: २, ह्वाइट बोर्ड: २, प्रोजेक्टर: ३