ज्ञानसँगै क्रियाकलापले व्यक्तित्व निखार्छ।

हाम्रो शैक्षिक संस्थाले विद्यार्थीहरूको समग्र विकासलाई प्राथमिकतामा राख्दछ। यसै उद्देश्यका साथ, शैक्षिक पाठ्यक्रमसँगै विभिन्न अतिरिक्त क्रियाकलापहरू (Extra-Curricular Activities) आयोजना गर्दै आएका छौं जसले विद्यार्थीहरूको शारीरिक, मानसिक, सामाजिक र सिर्जनात्मक पक्षको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ।

हामी विश्वास गर्छौं कि किताब र कक्षा कोठाभित्र सीमित ज्ञान मात्र पर्याप्त छैन। विद्यार्थीले जीवनका विविध पक्षहरू बुझ्न, आफ्नो क्षमता पहिचान गर्न र आत्मविश्वास विकास गर्न अतिरिक्त गतिविधिहरूमा सक्रिय सहभागिता आवश्यक हुन्छ।

प्रत्येक शैक्षिक वर्षमा हामीले विभिन्न सांस्कृतिक, खेलकुद, सिर्जनात्मक, प्राविधिक र सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू आयोजना गर्छौं। यसले विद्यार्थीहरूमा नेतृत्व क्षमता, टोलीमा काम गर्ने सीप, समय व्यवस्थापन, र सहकार्यको भावना विकास गर्न सहयोग पुर्‍याउँछ।

मुख्य उद्देश्यहरू:

  • विद्यार्थीको बहुपक्षीय विकास

  • सिर्जनात्मक सोच र प्रतिभाको उजागर

  • सामाजिक र नैतिक मूल्यहरूको प्रवर्द्धन

  • स्वास्थ्य र खेलकुदप्रतिको रुचिको विकास

  • नेतृत्व र आत्मविश्वास अभिवृद्धि

वि. सं. २०८२ सालको प्रमुख गतिविधिहरू

वैशाख

२६ गते शैक्षिक सामग्री प्रदर्शनी

जेठ

९ गतेवादविवाद प्रतियोगिता (नेपाली)
१६ गतेवादविवाद प्रतियोगिता (अङ्ग्रेजी)
२३ गतेशिष्टाचार अभिमुखीकरण
३० गतेबास्केटबल / चेस खेल सञ्चालन

असार

२० गतेचित्रकला प्रतियोगिता (कक्षा १ देखि ५)
निबन्ध लेखन(कक्षा ६ देखि १२)

साउन

१६ गते हाजिरी जवाफ प्रतियोगिता
३० गते संस्कृतिक भेषभूषा प्रदर्शनी

भदौ

६ गते पिता सम्मान कार्यक्रम
९ गते तीज विशेष कार्यक्रम
१३ गते छन्दोबद्ध कविता प्रतियोगिता
२० गते साहित्यिक महोत्सव

कार्तिक

१४ गतेविद्यालयस्तरीय फुटबल खेल सञ्चाल
२१ गतेहस्तलेखन प्रतियोगिता (नेपाली)
२८ गतेहस्तलेखन प्रतियोगिता (अङ्ग्रेजी)

मंसिर

५ गते कागेश्‍वरी सिकाइ मेला
(विज्ञान, गणित, सामाजिक, काष्ठकला, चित्रकला, ओरिगामी इत्यादि)

माघ

१५ गतेटेबलटेनिस प्रतियोगिता
२२ गतेदेखि २४ गतेसम्मखेलकुद प्रतियोगिता
२९ गतेश्रुतिलेखन (नेपाली / अङ्ग्रेजी )

फाल्गुन

१५ गते कथावाचन / चलचित्र समीक्षा / पुस्तक समीक्षा प्रतियोगिता